आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नयाँबस्ती जम्बुडाँडामा थुपारिएको फोहोर उठाईयो

गोकर्णेश्वर खबर२५ पुष २०७८, आईतवार ०९:४४ मा प्रकाशित (२ साल अघि) ४४० पाठक संख्या

२५ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ नयाँबस्ती जम्बुडाँडामा फालिएको फोहर उठाईएको छ । शनिबार वाग्मती सफाइ अभियानसँग सहकार्य गरी त्यस क्षेत्रको फोहोर सफा गरिएको वडा अध्यक्ष नारायण बहादुर सुवेदीले जानकारी दिए ।

केही दिन अघि मात्र जम्बुडाँडा क्षेत्रको शान्ति सुरक्षा र सरसफाईको सन्दर्भमा वडा कार्यालय, प्रहरी विट र स्थानीय समुदायका ७ सय घर परिवार रहेको टोल विकास समितिका प्रतिनिधिसँग छलफल भएको थियो ।

सरसफाई कार्यक्रममा वाग्मती सुन्दरता सरकोर मञ्च सहति त्यस क्षेत्र वरपरका टोल सुधार समितिका पदाधिकारी, सदस्यहरु लगायत स्थानीयवासीको सहभागिता थियो । जम्बोडाँडा क्षेत्रमा लुकिछिपी फालिएको फोहर यसपटकसमेत गरी मञ्चको नेतृत्वमा १२औँ पटक सफा गरिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिएका छन् ।

गत २० गते स्थानीयसँगको छलफलबाट जम्बुडाँडा क्षेत्रमा फोहोर फाल्न नदिन र शान्ति सुरक्षाका हिसावले पनि सिसिटिभि राख्न आवश्यक रहेकोेले त्यसका लागि वडा कार्यालयले छिट्टै प्रक्रिया अगाडी बढाउने वडा अध्यक्ष नारायण बहादुर सुवेदीले बताए ।