आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरोना संक्रमण दर बढ्यो, परीक्षणको ७.१३ प्रतिशतमा संक्रमण

गोकर्णेश्वर खबर२५ पुष २०७८, आईतवार ०८:५० मा प्रकाशित (२ साल अघि) ४५४ पाठक संख्या

२५ पुष, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर तिव्र रुपमा बढ्दो क्रममा रहेको छ । लगातार दोस्रो दिन एक हजार नजिक संक्रमित थपिएका छन् । शुक्रबार ९६८ संक्रमित थपिएकामा शनिबार ९४४ संक्रमित थपिएका हुन् ।

तुलनात्मक रुपमा परीक्षण पनि कम गरिएको छ । १३ हजार २६४ जनाको परीक्षण गरिएकामा ७ दशमलव १२ प्रतिशतमा संक्रमण देखिएको हो । ९ हजार ७६२ जनाको पीसीआर परीक्षणबाट ७ दशमलव १३ प्रतिशत अर्थात् ६९६ जना संक्रमित पाइएका हुन् ।

त्यस्तै ३ हजार ५०२ जनाको एन्टिजेन परीक्षणबाट २४८ संक्रमित पाइएका हुन् ।

जम्मा २९७ जनामात्र संक्रमण मुक्त भएका छन् । आज थप कसैको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले सक्रिय संक्रमित बढेर ६ हजार १४० पुगिसकेका छन् । अहिलेसम्म ११ हजार ६०२ को ज्यान गइसकेको छ ।