आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

जयनगर–कुर्था रेलमार्ग परीक्षण सफल

गोकर्णेश्वर खबर२४ पुष २०७८, शनिबार १८:५३ मा प्रकाशित (२ साल अघि) ७१८ पाठक संख्या

२४ पुष, जनकपुरधाम । जयनगर–कुर्था रेलमार्ग परीक्षण सफल भएको छ । शनिबार जनकपुरधाम रेल्वे स्टेशन हुँदै भारतीय रेल कम्पनीका प्राविधिक टोलीसहित जयनगर–कुर्था रेल लिक परीक्षण सफल भएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेलको अवस्था सबै ठीक रहेको छ । यसलाई छिट्टै सञ्चालनमा ल्याउन पाए दुवै देशको लागि फाइदा हुने महाप्रबन्धक झाले बताए । परिक्षण टोलीमा धनुषाका प्रमुख जिल्ला अधिकारीसहितको सहभागिता थियो ।

महाप्रबन्धक झाका अनुसार उद्घाटनको मिति अहिले निश्चित नभए पनि दुबै देशको प्रधानमन्त्रीद्वारा रेल उद्घाटन गराउने जानकारी दिए । उहाँहरुको समय मिलेपछि उद्घाटन गर्ने मिति तय गर्ने झाले जानकारी दिए ।