आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा

गोकर्णेश्वर खबर२४ पुष २०७८, शनिबार १६:२२ मा प्रकाशित (२ साल अघि) ५२२ पाठक संख्या

२४ पुष, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबारदेखि प्रधानमन्त्री आइसोलेशनमा बसेका हुन् । प्रधानमन्त्रीको कोरोना परीक्षण आइतबार हुने छ ।

शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएको पुष्टि भए पछि प्रधानमन्त्री देउवा आइसोलेशनमा बसेका हुन् । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै बसेका थिए ।

आइसोलेशनमा बस्नु अघि शनिबार बिहान मात्र प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) अध्यक्ष केपी ओलीबीच करिब एक घण्टा वार्ता भएको थियो ।