FLASH NEWS
आज: १३ माघ २०७८, बिहीबार | Thu, 27, Jan, 2022 Gokarneshwor TV HD

सुडान शान्ति मिसनबाट फर्किएका २० सैनिकलाई कोरोना संक्रमण

गोकर्णेश्वर खबर२४ पुष २०७८, शनिबार १५:२५ मा प्रकाशित (२ हफ्ता अघि) २५ पाठक संख्या

२४ पुष, काठमाडौं । दक्षिण सुडानको शान्ति मिसनबाट फर्किएका २० सैनिकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत पौष २२ गते नेपाल फर्किएका २१५ जना सैनिकमध्ये २० जनामा कोरोना पुष्टि भएको नेपाली सेनाले जनाएको छ ।

सुडानबाट स्वदेश फर्किएपछि उनीहरुलाई नेपाली सेनाको क्ववारेन्टाइनमा राखिएको थियो। उनीहरुको पीसीआर परीक्षण गर्दा २० सैनिकमा कोरोना भाइरस पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सैनिकलाई नेपाली सेनाको डाक्टरको निगरानीमा आइसोलेसनमा राखिएको छ।