FLASH NEWS
आज: ९ माघ २०७८, आईतवार | Sun, 23, Jan, 2022 Gokarneshwor TV HD

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

गोकर्णेश्वर खबर२४ पुष २०७८, शनिबार ११:३४ मा प्रकाशित (२ हफ्ता अघि) २० पाठक संख्या

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।

केही दिनदेखि असहजता भएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार कोरोना संक्रम भए पनि उनको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहेका छन् ।

डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ ।

योबीचमा सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउनसमेत अनुरोध सचिवालयले गरेको छ ।