आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

माओवादी नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण

गोकर्णेश्वर खबर२४ पुष २०७८, शनिबार ११:२५ मा प्रकाशित (२ साल अघि) ४३० पाठक संख्या

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

शुक्रबार पीसीआर परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण पुष्टि भएको नेता श्रेष्ठले सामाजिक संजाल मार्फत जनाकारी दिएका छन् ।

कोरोना संक्रमण भए पनि उनको अवस्था सामान्य रहेको छ । श्रेष्ठले निजी निवासमै आराम गरिरहेका छन् ।

योबीचमा सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउनसमेत नेता श्रेष्ठले अनुरोध गरेका छन् ।