आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

आज राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी उमेदवारको नामावली प्रकाशन

गोकर्णेश्वर खबर२३ पुष २०७८, शुक्रबार ०८:०५ मा प्रकाशित (२ साल अघि) ४१६ पाठक संख्या

२३ पुष, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका रहेको छ भनें आजै उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका पनि रहेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन माघ १२ गते हुनेछ ।

पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ । मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन् ।