आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

ललिता निवास जग्गा प्रकरण सीआईबीको प्रतिवेदनमा ३०० भन्दा बढी प्रतिवादी

गोकर्णेश्वर खबर२३ पुष २०७८, शुक्रबार ०७:५९ मा प्रकाशित (२ साल अघि) १२९ पाठक संख्या

२३ पुष, काठमाडौ । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान सकेर सीआईबीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय, काठमाडौँमा बुझाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ३०० भन्दा बढीलाई प्रतिवादी बनाउने गरी सरकारी वकिलको कार्यालय काठमाडौँमा मुद्दा चलाउन प्रतिवेदन बुझाएको हो ।

ललिता निवास जग्गा प्रकरणमा ब्यूरोले ३ सय बढीलाई प्रतिवादी बनाउँदै सरकारी लिखित कीर्ते सम्बन्धी कसूरका चार वटा छुट्टा्छुट्टै रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

वि.सं.२०४९ सालदेखि २०७० सालसम्म चारपटकसम्म कागजात कीर्ते गरी ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको निष्कर्ष सीआईबीको छ।

सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने छ । त्यसपछि मुद्दा चल्ने प्रक्रिया शुरु हुने स्रोतले जनाएको छ ।

घटनामा प्रहरीले हालसम्म रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई मात्रै पक्राउ गरेको छ । सीआइवीले अन्य सबैलाई फरार प्रतिवादीको सूचीमा राखेर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायरको माग सहित प्रतिवेदन बुझाएको हो ।

उक्त प्रकरणमा पूर्व सचिवहरु दीप बस्न्यात, युवराज भुसाल, छविराज पन्त, नारायणगोपाल मलेगो र दिनेश हरि अधिकारीसमेतलाई प्रतिवादी बनाएर मुद्धा चलाउन सीआईबीले प्रतिवेदन बुझाएको हो ।