आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

गोकर्णेश्वर खबर२३ पुष २०७८, शुक्रबार ०७:५१ मा प्रकाशित (२ साल अघि) २६४ पाठक संख्या

२३ पुस, काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमणको ग्राफ बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांक अनुसार एन्टिजेन र पीसीआर गरी १२ हजार ९९ नमुना परीक्षण गर्दा ५४० जनामा संक्रमण पुष्टि भयो । जुन कुल परीक्षणमध्ये ४ दशमलव ४६ प्रतिशत हो ।

एक महिना अगाडि ९ हजार ४५१ नमुना परीक्षण गर्दा २११ जनामा संक्रमण पुष्टि भएको थियो । जुन कुल परीक्षण मध्ये २ दशमलव २३ प्रतिशत हो ।साप्ताहिक तथ्यांक विश्लेषण गर्दा नेपालमा कोरोना भाइरसको संक्रमणदर विस्तारै उकालो लागेको देखाउँछ ।

मंसिरको अन्तिम साता संक्रमणदर २ दशमलव ५६ रहेकामा पुसको पहिलो साता २ दशमलव ३०, पुसको दोस्रो साता २ दशमलव ६५ र पुसको तेस्रो साता २ दशमलव ८३ प्रतिशत पुगेको छ । क्रमशः संक्रमण बढ्नुको मुख्य कारण अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन हुनसक्ने विज्ञहरुको अनुमान छ ।