आज: २१ बैशाख २०८२, आईतवार | Sun, 04, May, 2025

आज देशैभर हल्का वर्षाको सम्भावना, हिमाली र उच्च पहाडमा हिमपात

गोकर्णेश्वर खबर२३ पुष २०७८, शुक्रबार ०७:३६ मा प्रकाशित (३ साल अघि) २०३ पाठक संख्या

काठमाडौं । बिहानैबाट देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आजराति प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा तथा हिमपातको सम्भावना रहेकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्नेभन्दै विभागले चिसोवाट बच्न र हिमपातवाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।