आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

एमालेले आज जिल्ला अधिवेशन गर्दै, अध्यक्ष ओलीले भर्चुअल रुपमा एकसाथ सम्बोधन गर्ने

गोकर्णेश्वर खबर२३ पुष २०७८, शुक्रबार ०७:३१ मा प्रकाशित (२ साल अघि) १५५ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज ६८ वटा जिल्लामा अधिवेशन गर्दैछ । विभिन्न कारणले स्थगित गरिएका ९ जिल्लाका अधिवेशन भने पछि गरिने नेकपा एमालेले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा जिल्ला अधिवेशनको उदघाटन एकसाथ गर्ने नेकपा एमालेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

काठमाडौं जिल्ला अधिवेशनको उदघाटन समारोह मूलपानीस्थित क्रिकेट रंगशालामा आयोजना गरिएको छ । त्यहाँ एक लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ ।

यसअघि नेकपा एमालेले पालिका अधिवेशन पनि एकसाथ सम्पन्न गरेको थियो । जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश अधिवेशनको तयारीमा जुट्ने एमालेले जनाएको छ । प्रदेश अधिवेशन माघ ८ गते तय गरिएको छ ।