आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

सिन्धुपाल्चोक उपसभापतिमा सन्जय लामाले उम्मेदवारी दिने

गोकर्णेश्वर खबर२२ पुष २०७८, बिहीबार २०:११ मा प्रकाशित (२ साल अघि) ३९१ पाठक संख्या

२२ पुष, काठमाडौ. । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन गईरहेको सिन्धुपाल्चोक जिल्ला अधिवेशनमा सन्जय लामाले उपसभापतिमा उम्मेदवारी दिने भएका छन् ।

जिल्लामा पार्टीलाई बलियो बनाउन सबैलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दै लामाले आफूले उपसभापतिमा उम्मेदवारी दिएको बताए ।

सिन्धुपाल्चोक लगायतका १६ वटै जिल्लामा २७ पुसमा जिल्ला अधिवेशन 

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले अधिवेशन गर्न बाँकी रहेको सिन्धुपाल्चोक लगायतका १६ वटै जिल्लामा २७ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन २४–२७ मंसीरमा सम्पन्न भएको छ । त्यसअघि जिल्ला अधिवेशन तोकिएको थियो । तर, क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लामा अधिवेशन हुन सकेको थिएन ।

निर्वाचन समितिका अनुसार, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ । सबै जिल्लामा एकै दिन अधिवेशन गर्ने निर्णय भएको छ ।