आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

मुगुको खत्याड गाउँ पालिकामा लायन्स क्लबबाट खाद्यान्न र न्यानो कपडा सहयोग

गोकर्णेश्वर खबर२२ पुष २०७८, बिहीबार १९:२८ मा प्रकाशित (२ साल अघि) १२४ पाठक संख्या

२२ पुष, काठमाडौ । लायन्स क्लबले मुगुको खत्याड गाउँ पालिकाका ७० परिवारका लागि खाद्यान्न तथा न्यानो कपडा सहयोग गरेको छ । लायन्स क्लबको समुहले कर्णाली प्रदेश मुगु जिल्लाको खत्याड गाउँ पालिकाका ७० परिवारका लागी सो सहयोग गरेको हो ।

लायन्स क्लबको डिस्ट्रिक ३२५ ए १ अन्तर्गत रहेका लायन्स क्लब अफ काठमाण्डौं डाँफे, लायन्स क्लब अफ काठमाण्डौं गोकर्णेश्वर, लायन्स क्लब अफ काठमाण्डौं माकलबारी, लायन्स क्लब अफ काठमाण्डौं रोयल हिमालयन, लायन्स क्लब अफ काठमाण्डौं गुप्ति गणेश, लायन्स क्लब अफ काठमाण्डौं जोरपाटी र लायन्स क्लब अफ काठमाण्डौं बागमती नर्थले संयुक्त रुपमा खाद्यान्न तथा जाडोको न्यानो कपडा हस्तान्तरण गरेका छन् ।

लायन्स क्लब अफ काठमाडौं डाँफेका प्रेसिडेन्ट लायन बच्चुराम शर्मा कुइकेलका अनुसार हस्तान्तरित सामग्रीहरुमा न्यानो कपडा, व्ल्यांकेट तथा चामल रहेका छन् । मंगलबार जोरपाटीमा एक कार्यक्रम आयोजना गरि सहयोग सामग्री सम्वन्धित स्थानका लागि पठाईएको छ ।