आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ५४० संक्रमित, १ जनाको मृत्यु

गोकर्णेश्वर खबर२२ पुष २०७८, बिहीबार १७:३५ मा प्रकाशित (२ साल अघि) ३१७ पाठक संख्या

२२ पुष, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।

बिहीबार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ४३१ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घन्टामा ७ हजार २०९ पीसीआर तथा ४ हजार ८९० एन्टिजेन परीक्षण भएको छ ।

पछिल्लो समय दिनहुँजसो कोरोना संक्रमण बढ्दै गएको छ। बुधबार ४३५ जना संक्रमित थपिएका थिए भने त्यसअघि मंगलबार ३९३ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो ।