आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

आरजु राणा देउवाले भनिन् बतास समूहमा संलग्नता छैन

गोकर्णेश्वर खबर२२ पुष २०७८, बिहीबार १७:२७ मा प्रकाशित (२ साल अघि) ५८१ पाठक संख्या

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले विवादित बतास समूहमा आफ्नो आवद्धता नरहेको बताएकी छन् । उनले बिहीबार विज्ञप्ति जारी गरी आफू आवद्ध संस्थाको नाम सार्वजनिक गर्दै बतासमा आफ्नो संलग्नता नरहेको बताएकी हुन् ।

सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै उहाँले संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ जनाएकी हुन् ।

नारायणहिटी संग्रहालयमा रेस्टुरेन्ट ठेक्का लिएको बतास समूहसँग जोडेर समाचारहरू आएपछि देउवाले सो विज्ञप्ति जारी गर्नु भएको हो ।