FLASH NEWS
आज: ९ माघ २०७८, आईतवार | Sun, 23, Jan, 2022 Gokarneshwor TV HD

भारतमा ओमिक्रोन भेरियन्टबाट पहिलो मृत्यु

गोकर्णेश्वर खबर२२ पुष २०७८, बिहीबार ०७:५७ मा प्रकाशित (२ हफ्ता अघि) २८ पाठक संख्या

काठमाडौं । भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो ।

मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव लव अग्रवालका अनुसार उनमा डायबिटिज लगायतका स्वास्थ्य समस्या थियो ।

भारतमा ओमिक्रोनको पहिलो केस १२ डिसेम्बरमा केरलामा पुष्टि भएको थियो । त्यसअघि विश्वमा सबैभन्दा पहिले २४ नोभेम्बरमा दक्षिण अप्रिmकामा ओमिक्रोन पुष्टि भएको थियो ।

हाल ओमिक्रोनबाट संक्रमित हुनेहरुको संख्या तीव्ररुपमा वृद्धि भएपछि विभिन्न देशहरुले चिन्ता व्यक्त गरेका छन् ।