आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

गुप्तचर प्रमुखमा खरेल नियुक्त

गोकर्णेश्वर खबर२२ पुष २०७८, बिहीबार ०७:५३ मा प्रकाशित (२ साल अघि) ११४ पाठक संख्या

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को प्रमुखमा यदुलाल खरेल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई मुलुकको आन्तरिक गुप्तचरी निकाय राअविको प्रमुखमा बढुवा गरेको हो ।

खरेलसँगै राअविका अर्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मी पनि गुप्तचर प्रमुख बन्ने दौडमा थिए । तर सरकारले हाल गुप्तचरको प्रशासन विभाग प्रमुख रहेका खरेललाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले बताए ।

हालका गुप्चतर प्रमुख गणेश अधिकारीको कार्यकाल दुई दिनपछि सकिँदैछ । त्यसपछि रेग्मीले गुप्तचरको प्रमुखका रुपमा कार्यभार सम्हाल्नेछन् । खरेल पनि हालका गुप्चतर प्रमुख अधिकारीकै ब्याचमेट हुन् । उनले ५८ वर्षे उमेर हदका कारण ७ महिनापछि अवकाश पाउनेछन् ।