आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

भलिबल संघका उपाध्यक्ष कुमारराज सुवेदीबाट खेल सामाग्री हस्तान्तरण

गोकर्णेश्वर खबर२१ पुष २०७८, बुधबार २१:१८ मा प्रकाशित (२ साल अघि) ४१८ पाठक संख्या

२१ पुष, काठमाडौं । नेपाल भलिबल संघका उपाध्यक्ष कुमारराज सुवेदीले डोटीमा आयोजना हुने पुरुष खुल्ला भलिबल प्रतियोगिताका लागि खेल सामाग्री हस्तान्तरण गरेका छन् । सुवेदीले ५ थान भलिबल र २ थान नेट डोटी काठमाडौं सम्पर्क समितिका कोषाध्यक्ष सिद्धराज बिष्टलाई हस्तान्तरण गरेका हुन् ।

डोटीको पर्यटकीय स्थल गहनान क्षेत्रको प्रवद्र्धनका लागि माघे सक्रान्तिका अबसरमा हुने भलिबल  प्रतियोगिता गहनान सामुदायिक युवा क्लबको आयोजनामा शिखर नगरपालिका वडा नम्बर १० मा हुनेछ ।

भलिबल खेल नेपालका हरेक स्थानमा खेल्न सकिने र यसले त्यस ठाउँको पनि प्रचार प्रसार हुनुका साथै पर्यटकीय स्थलको पनि पहिचान बनाउने भएकाले खेल सामाग्री हस्तान्तरण गरिएको सुवेदीले बताए ।