आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

जीटुजी मार्फत मल खरिद गर्ने सरकारको निर्णय

गोकर्णेश्वर खबर२१ पुष २०७८, बुधबार २०:०५ मा प्रकाशित (२ साल अघि) ११६९ पाठक संख्या

२१ पुष, काठमाडौ. । आज बसेको मन्त्रिपरिषद्को बैठकले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्नका लागि सम्झौता गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

भारत सरकारसँग मल खरिदका लागि पाँच वर्षका लागि सम्झौता गर्नेगरी निर्णय भएको बताइएको छ । पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरिद हुने छ भने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको कृषिमन्त्री महिन्द्र राय यादवले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय रुपमा मलको अत्यधिक मूल्य वृद्धि भएको कारण त्यसको असर नेपालमा पनि परेको छ । मूल्य वृद्धिका कारण ठेकेदार कम्पनीहरुले मल ल्याउन नसकेको कारण नेपालमा मलको हाहाकार हुने गरेको छ । त्यही भएर सरकारले भारतबाट सिधै मल खरिद गर्ने भनि सम्झौता गर्न लागेको मन्त्रालयले जनाएको छ ।