आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

गठबन्धन गरेर चुनावमा एमालेलाई एक सिट पनि जित्न दिँदैनौँ : सहमहामन्त्री यादव

गोकर्णेश्वर खबर२१ पुष २०७८, बुधबार १५:०७ मा प्रकाशित (२ साल अघि) ६०१ पाठक संख्या

२१ पुष, काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले आगामी चुनावमा गठबन्धन हुने बताएका छन् । उनले वर्तमान सत्तागडबन्धनले चुनावैसम्म सहकार्य गर्ने बताए । उनले नेकपा एमालेलाई एक सिट पनि जित्न नदिने दावी समेत गरेका छन् ।

यादवले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम गरेर एमालेलाई चुनाव जित्न नदिने उनको तर्क छ ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने,‘अब हुने निर्वाचन हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ । हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पुरै परास्त गर्छौं । हामी एमालेलाई देशभरि एउटा पनि सिट जित्न दिँदैनौँ ।’

उनले पार्टी सभापति देउवाले पार्टीमा सबैलाई मिलाएर लैजान खोजेको पनि सुनाए । उनले पार्टी सभापति देउवा नेपालभित्र र काँग्रेसभित्र पनि लोकतान्त्रिक अभ्यासलाई सर्वोच्च रुपमा, सबभन्दा बढि अभ्यास गराउने नेतामा गनिएको तर्क गरे ।