आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

पाकिस्तानले भन्यो भारतका कारण सार्क संकटमा 

गोकर्णेश्वर खबर२१ पुष २०७८, बुधबार ०९:२९ मा प्रकाशित (२ साल अघि) ३२५ पाठक संख्या

२१ पुष, काठमाडौं । पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले भारतका कारण सार्क संकटमा परेको आरोप लगाएका छन् ।

विदेशमन्त्री कुरेसीले क्षेत्रीय सहकार्य, आर्थिक क्रियाकलाप, व्यापारका लागि सार्क महत्वपूर्ण भए पनि भारत इस्लामाबाद आउन तयार नभएकोले पाकिस्तानले पटकपटक सम्मेलनका लागि प्रयास गरिरहे पनि सम्मेलन हुन नसकेको बताए ।

उनले भारत इस्लामाबाद आउन नचाहेको भए ‘भर्चुअली’ सहभागी हुन सक्ने पनि उनले सुझाव दिएका छन् ।

प्रत्येक दुई वर्षमा हुने सम्मेलन सन् २०१४ यता भएको छैन । १८ औं शिखर सम्मेलन काठमाडौंमा भएको थियो । त्यसपछि सन् २०१६ मा सम्मेलनको आयोजना गर्ने पालो पाकिस्तानको थियो । तर, पाकिस्तानसँगको द्वन्द्वका कारण भारतले इस्लामाबादमा सहभागी नहुने बताएपछि सम्मेलन नै हुन सकेको छैन ।