आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

एमाले प्रदेश २ भित्र चर्को असन्तुष्टि

गोकर्णेश्वर खबर२० पुष २०७८, मंगलवार २०:२४ मा प्रकाशित (२ साल अघि) ३८३ पाठक संख्या

२० पुष, काठमाडौं । नेकपा एमाले प्रदेश २ मा जिम्मेवारी बाँडफाँटको विषयलाई लिएर चर्को असन्तुष्टि बढेको छ । प्रदेश २ को विवाद समाधानका लागि एमालेका पदाधिकारीहरुले सोमबार र मंगलबार दुई दिनसम्म राजधानीमा छलफलको आयोजना गरे पनि सफल हुन सकेन ।

प्रदेशमा अध्यक्ष केपी ओलीनिकट मानिएका रघुवीर महासेठलाई इञ्चार्ज बनाएपछि पुराना एमाले नेता–कार्यकर्ता र माओवादी केन्द्रबाट एमालेमा मिसिएकाहरुले महासेठले एकलौटी गरेको भन्दै चरम असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रदेशमा विवाद बढेपछि अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुको चाहनामा समस्या समाधानका लागी काठमाडौंमा दुईदिने छलफलको आयोजना भए पनि समाधान निस्किसकेको छैन । महासेठको बारेमा असन्तुष्ट पक्षले एमाले केन्द्रीय कार्यालयमा उजुरी नै दिए पछि अध्यक्ष ओलीले दुईदिने छलफल आयोजना गरेका हुन् ।

प्रदेश इञ्चार्ज रघुवीर महासेठले प्रदेश तथा जिल्लामा एकलौटी गरेर आफू निकटलाई पार्टी कमिटीमा राखेको र अन्य पार्टीबाट आएका एवं एमालेकै त्यागी नेता कार्यकर्ताहरूलाई वेवास्ता गरेको भन्दै असन्तुष्ट पक्षले आरोप लगाएको छ ।