FLASH NEWS
आज: ८ माघ २०७८, शनिबार | Sat, 22, Jan, 2022 Gokarneshwor TV HD

गोकर्णेश्वरको नयाँ प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा

गोकर्णेश्वर खबर२० पुष २०७८, मंगलवार २०:०३ मा प्रकाशित (२ हफ्ता अघि) ६१ पाठक संख्या

२० पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा उपसचिव बैकुण्ठ प्रसाद सापकोटा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका छन् ।

आजै नेपाल सरकार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवलाई सरुवा र पदस्थापन गरेकोले सापकोटा गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा आएका हुन ।

सुशासन र विकास प्रेमी भनेर चिनिने सापकोटा मध्य नेपाल नगरपालिका लमजुङबाट सरुवा भएका हुन् भनें उनले बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसकेका छन् ।

यसैगरी, नेपाल सरकारले गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यलाई जिल्ला समन्वय समिति रसुवा सरुवा गरेको छ ।