आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

रुसले युक्रेनमा आक्रमण गरे अमेरिकाले कडा जवाफ दिने वाईडेनको चेतावनी

गोकर्णेश्वर खबर२० पुष २०७८, मंगलवार ०९:०० मा प्रकाशित (२ साल अघि) ४९६ पाठक संख्या

२० पुष । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिका र उसका सहयोगीले रुसले युक्रेनमा थप आक्रमण गरे कडा जवाफ दिने वाईडेनले चेतावनी दिएका छन् । बाइडनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई आश्वस्त पार्दै यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपति बाइडनले रुसी समकक्षी भ्लादमिर पुटिनलाई युक्रेनको सीमामा भइरहेको सैन्य संकट अन्त्य गर्न आग्रह गरेको केही दिनपछि उनको युक्रेनी राष्ट्रपतिसँग कुराकानी भएको हो । रुस र अमेरिकी अधिकारीहरूले यसै महिनाको अन्ततिर जेनेभामा भेटघाट गर्ने तय गरेका छन् ।

जेलेन्स्कीले आइतबार ट्विट गर्दै बाइडनसँगको टेलिफोन वार्ताले आफूहरूबीचको विशेष सम्बन्धलाई जोड दिएको बताए । उनले युरोपमा शान्ति कायम राख्ने, थप द्वन्द्व चर्किन नदिनेलगायत विषयमा छलफल भएको बताए ।

बाइडन र युरोपेली नेताहरूको चेतावनीको बावजुद युक्रेनी सीमामा झन्डै एक लाख रुसी सेना तैनाथ छन् ।