FLASH NEWS
आज: ९ माघ २०७८, आईतवार | Sun, 23, Jan, 2022 Gokarneshwor TV HD

माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले लिए पद तथा गोपनीयताको शपथ

गोकर्णेश्वर खबर१९ पुष २०७८, सोमबार २१:१७ मा प्रकाशित (२ हफ्ता अघि) २२ पाठक संख्या

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार ललितपुरको एक व्यांक्वेटमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् ।

शपथ लगत्तै केन्द्रीय समितिको बैठक बस्नेछ । आइतबार पुष्पकमल दाहाल प्रचण्डले २३६ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए, जसलाई अनुमोदन गर्दै माओवादी केन्द्रको महाधिवेशन सकिएको थियो ।