आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

माओवादी केन्द्रीय समितिमा दलितबाट १६, जनजाति ४१, मधेशी ५, थारू ९ र महिला ६ जना केन्द्रीय सदस्य

गोकर्णेश्वर खबर१९ पुष २०७८, सोमबार ०८:४१ मा प्रकाशित (२ साल अघि) ३८७ पाठक संख्या

पुष १९, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट दलिततर्फ १६ जना, जनजातितर्फ ४१, मधेशीतर्फ ५, थारूतर्फ ९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

यसैगरी, नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट १११ खुला केन्द्रीय सदस्य छान्दा ६ मात्रै महिला केन्द्रीय सदस्य निर्वाचित भएका छन् । खुलातर्फ १११ जना केन्द्रीय सदस्य छान्दा जम्‍मा ६ जना महिला मात्रै चयन भएका हुन् ।

आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलातर्फ जम्‍मा ६ जना महिलाको नाम घोषणा गरेका हुन् । खुल्लातर्फ निर्वाचित हुनेहरुमा पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी र यशोदा सुवेदी गुरुङ रहेका छन् ।

यसैगरी दलित पुरुष तर्फ विष्णुबहादुर बिक, यमबहादुर परियार र जगत पार्की रहेका छन् भनें दलित महिलातर्फ अन्जना बिसंखे, सुशीला श्रीपाईली, सीता बौडेल, मानकुमारी नेपाली, सीता नेपाली, धनमाया बिक, लक्ष्मी बिक, शान्ति नेपाली, गीता गहतराज, दुर्गाकुमारी बिक र पम्फा बसेल रहेका छन् । दलित युवातर्फ सुबोध श्रीपाइली तथा दलित युवा महिलामा पार्वती बिक रहेका छन् भनें दुईजना घोषणा गर्न बाँकी रहेको छ ।

आदिवासी जनजातितर्फ ४१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । जनजाति पुरुष (११) जनामा अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर बुढामगर, जीतबहादुर योन्जन, दीपेन्द्रकुमार पुन, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलिप प्रजापति, छक्कबहादुर लामा रहेका छन् । जनजाति युवा (४) जनामा इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्तीमगर, नविन जिरेल रहेका छन् ।

त्यसैगरी, जनजाति महिला (२२ जना) तर्फ अमृता थापा, ओनसरी घर्ती, कमला रोक्का, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गा जयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खुम्बु किराँती, पी घर्ती, लक्ष्मी पुन, मिना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन, माया बल रहेका छन् ।

त्यसैगरी, जनजाति युवा महिला (४ जना) तर्फ विना मगर, आर तामाङ, ममता ताजपुरिया, कमला दोङ रहेका छन् ।

त्यसैगरी, मधेसी पुरुष (३) जनामा जगत यादव, शिवकुमार मण्डल र रामकुमार यादव रहेका छन् । मधेसी युवा १ जनामा सुरेन्द्र मेहता केन्द्रीय सदस्य बनेका छन् । मधेसी महिला (२) जना तर्फ बोधमाया कुमारी यादव र सुनिताकुमारी यादव केन्द्रीय सदस्य भएका छन् ।

त्यसैगरी, थारु पुरुष (३) जनामा सन्तकुमार चौधरी, हरिनारायण चौधरी र देवीलाल चौधरी तथा थारु युवातर्फ १ जनामा अमनलाल मोदी थारु केन्द्रीय सदस्य भएका छन् । थारु महिलातर्फबाट (५) जनामा रुपा चौधरी, अञ्जना चौधरी, अञ्जु चौधरी, दीपा चौधरी र कृष्णा चौधरी केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।