आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

माओवादी महाधिवेशन सकियो : २३६ केन्द्रीय सदस्य चयन

गोकर्णेश्वर खबर१९ पुष २०७८, सोमबार ०८:२३ मा प्रकाशित (२ साल अघि) ३६१ पाठक संख्या

१९ पुष, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै महाधिवेशन सम्पन्न भएको हो । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको छ ।

महाधिवेशनबाट दुई सय ३६ केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन् । अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नुभएको केन्द्रीय सदस्यको नाम बन्दसत्रको हलले अनुमोदन गरेको हो । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य केन्द्रीय समितिको बैठकले टुंगो लगाउने महराले जानकारी दि ।

माओवादीले आइतबार नै निर्वाचन आयोयगमा विष्णुपुकार श्रेष्ठ, लेखा आयोगमा पेशल खतिवडा र अनुशासन आयोगमा टंक राई अनुमोदन गरेको थियो ।