आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

माओवादीमा सहमतिको प्रयास, सहमति नजुटे भोलि मतदान

गोकर्णेश्वर खबर१८ पुष २०७८, आईतवार १४:४३ मा प्रकाशित (२ साल अघि) ३२६ पाठक संख्या

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि सहमतिको प्रयास भईरहेको छ । नेतृत्वको अपेक्षा अनुसार सहमति जुट्न नसकेपछि निर्वाचन कार्यक्रम पुन संशोधन गरिएको छ ।

यसअघि दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो ।

तर माओवादीको केन्द्रीय निर्वाचन आयोगले आइतबार अपरान्ह ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । मतदानको समय भने सोमबार बिहान ८ देखि १ : २५ सम्मको समय तोकिएको छ ।