आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

कांग्रेस केन्द्रीय सदस्यमा गुरुङ, पौडेल र शाही मनोनित

गोकर्णेश्वर खबर१८ पुष २०७८, आईतवार १४:३७ मा प्रकाशित (२ साल अघि) ८४ पाठक संख्या

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

१४ औं महाधिवेशन गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्री पदमा उम्मेदवार थिए । उनीहरु तीनै जना केन्द्रीय महाधिवेशनमा पराजित भएका उम्मेदवार थिए ।

कांग्रेसको विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रावधान छ । १४ औं महाधिवेशनबाट १३४ जना निर्वाचित भएका थिए ।

सभापति देउवाले यसअघि १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । देउवाले शनिबार रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।