आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

इस्वी सन्‌ २०२२ आजदेखि सुरु

गोकर्णेश्वर खबर१७ पुष २०७८, शनिबार ०८:५७ मा प्रकाशित (२ साल अघि) २०४ पाठक संख्या

१७ पुष, काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । पश्चिमको उपनिवेशकालमा विभिन्न देशमा यो संवत् लादेकाले हाल यो संवत्को प्रचलन विश्वव्यापी छ ।

यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।

नेपालमा पनि यो संवत्को नयाँ वर्षको अवसरमा घुमघाम गर्ने, रमाइलो कार्यक्रम आयोजना गर्ने प्रचलन बढ्दै गएको छ । संस्कृतिविद्ले यसले मौलिक संस्कृतिमा विचलन ल्याउने बताईरहँदा आधुनिकताको पक्षधर मानिने व्यक्ति समुहले स्वतन्त्रता र आधुनिकताको प्रभाव बताउने गरेका छन् ।