आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

शालि नदीमा व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

गोकर्णेश्वर खबर१४ पुष २०७८, बुधबार ०९:१५ मा प्रकाशित (२ साल अघि) ४३७ पाठक संख्या

१४ पुष, काठमाडौं । माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ ।

प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालि नदीमा लाग्ने धार्मिक मेलाको व्रतमा सहभागी हुने भक्तजनलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाउनुपर्ने मापदण्ड तय गरेको समितिले जनाएको छ । गत वर्ष वर्ष पनि कोभिडविरुद्धको स्वास्थ्य मापदण्ड पूरा गरी मेला सञ्चालन गरिएकोले यस वर्ष पनि कोरोना जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डसँगै कोभिडविरुद्धको खोप अनिर्वाय गरेको हो ।

समितिले आगामी माघ ३ गतेदेखि सञ्चालन हुने माधवनारायण व्रतका लागि अन्य मापदण्ड पनि तय गरेको छ । व्रत बस्न इच्छुक भक्तजनले अनिवार्यरूपमा छातीको एक्स–रे र निमोनियाको जाँच गराएको रिपोर्ट साथमा लिएर आउनुपर्ने छ । कोभिड परीक्षणको रिपोर्टसमेत साथमा संलग्न हुनुपर्ने तथा १६ देखि ६० वर्ष उमेर समूहकालाई मात्र व्रतालुका रूपमा स्वीकारिने समेत समितिले जनाएको छ ।