आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

गागलफेदीमा ३३ वर्षीया महिला मृत भेटिइन्

गोकर्णेश्वर खबर१२ पुष २०७८, सोमबार १२:१५ मा प्रकाशित (२ साल अघि) १४६ पाठक संख्या

१२ पुस, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागल फेदीमा एक महिला मृत भेटिएकी छन् ।

सडक किनारामा ३३ वर्षीया धनमाया तामाङलाई मृत्यु भएको अवस्थामा भेटिएको छ ।

अहिले घटनाबारे अनुसन्धान भइरहेको छ । मृत्यु संकास्पद रहेको भन्दै त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली र तालिमप्राप्त कुकुरसहित प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ ।