आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

मेरो राजनीतिक जीवन देशको हीतमा र जनताको सेवामा समर्पित : युवा नेता गणेश लामा

गोकर्णेश्वर खबर१२ पुष २०७८, सोमबार ११:५६ मा प्रकाशित (२ साल अघि) १३४० पाठक संख्या

पुष १२, काठमाडौं । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्ततः २४ मंसिरबाट काठमाडौंमा सुरु भयो । महाधिवेशनको उद्घाटन, निर्वाचन प्रक्रिया, मतदान र मतगणना प्रक्रियासँगै महाधिवेशन झण्डै २० दिन पश्चात् सम्पन्न भयो ।

कांग्रेसको अघिल्ला महाधिवेशन भन्दा यसपटकको महाधिवेशन फरक देखिएको छ । यस पटक युवा प्रतिनिधिहरुको उल्लेख्य उपस्थितीमा केन्द्रीय समितिमा निर्वाचित युवाहरुको प्रतिनिधित्व पनि उल्लेख्य रह्यो । नेपाली राजनीतिमा दलीय गुटउपगुट हुनु सामान्य जस्तै भए पनि यद्यपी केही महिना अघि सम्पन्न एमालेको अधिवेशन भन्दा कांग्रेसको अधिवेशन भिन्न र लोकतान्तिक देखिएको विश्लेषकहरु बताउँछन् । यस अर्थमा पनि कांग्रेसमा आम कांग्रेस कार्यकर्ता र जनताले समेत मनपराएका नेताहरु पदाधिकारी र केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । आफूले चाहेको पद र विधानले समेट्ने पदमा स्वतन्त्रता पूर्वक उम्मेदवारी दिएर हार जितको फैसला महाधिवेशन प्रतिनिधिका हातमा सुम्पनुले नेपाली कांग्रेस नेपालको वास्तविक लोकतान्त्रिक पार्टी भएको पुष्टि गर्छ ।


नेता लामा २०७० को संविधानसभाको निर्वाचन र २०७४ को प्रदेश सभाको निर्वाचनमा पराजित हुनु पुगेका थिए । तर निर्वाचनमा पराजित भएपनि आफ्नो निर्वाचन क्षेत्रमा भने निरन्तर जनताको सेवा र विकासका काममा खटिरहेका छन् । उनी राजनीतिमा सहकार्य र एकताले नै पार्टी संगठन बलियो हुने र एकताबद्ध नेता, कार्यकर्ताले जनताको हितमा धेरै काम गर्न सक्ने बताउँछन् । त्यसैले समाज र राजनीतिक काममा सबैसँग मिलेर अगाडी बढ्न आफू हरदम तयार रहेको बताउँछन् । उनले राजनीतिले देश र जनताको सेवा तथा सामाजिक विकास हुन सक्दैन भनें त्यस्तो राजनीति कसैले पनि गर्न नहुने बताए । उनले सबैको हित र सर्बत्र विकासको लागि एकता र सहकार्यका साथ अगाडी बढ्न समेत आग्रह गरेका छन् । उनले सहकार्य र एकताको लागि आफू सँधैं एक कदम अगाडी बढेर कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


१४ औं महाधिवेशनले कांग्रेस पार्टीमा जबरजस्त केही आशा लाग्दा यूवाहरुको संख्यालाई पनि पदाधिकारी देखि केन्द्रीय तहमा निर्वाचित गरेको छ । त्यसमध्ये एक हुन् काभ्रेका युवा नेता गणेश लामा । लामा केन्द्रीय सदस्यमा खुलाबाट ३५ जनामा पर्न सफल भएका छन् । खुल्ला तर्फ ३५ सदस्य मध्ये लामा लोकप्रिय १७८२ मत सहित ३० औं स्थानमा निर्वाचित भएका छन् । खुल्ला ३५ सदस्य तर्फ ९९ जनाले उम्मेदवारी दिएका थिए ।

गणेश लामा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम हुँदै कांग्रेसमा स्थापित भएका हुन् । काभ्रेबाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका लामालाई नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेस पार्टी समायोजनका क्रममा केन्द्रीय सदस्य नबने पनि लामा १४ औं महाधिवेशनबाट खुल्लातर्फ निर्वाचित हुँदै कांग्रेस केन्द्रीय सदस्यमा पहिलोपटक प्रवेश पाएका छन् । ३५ जनाभित्र खुल्ला सद्रस्य तर्फ अटाएर लामाले काभ्रे जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्यको रुपमा काँग्रेसमा एउटा इतिहास रचेका छन् ।

युवा नेता गणेश लामाको राजनीतिक यात्राका विविध पाटाहरु 

गणेश लामा आफैमा एक चर्चित नाम हो । काभ्रेको तत्कालिन खहरे पाँगु गाविस हाल रोशी गाउँपालिका वडा नम्बर १ मा २०३५ साल कार्तिक १३ गते जन्मिएका लामाको पारिवारिक अवस्था राम्रै थियो । उनी सानै देखि विद्रोही स्वभावका थिए । समाजमा देखापर्ने असमानता र अन्याय उनलाई पटक्कै मन पर्दैन्थ्यो । अरुलाई सहयोग गर्ने र अन्यायमा कसैलाई पार्नु हुँदैन् भन्ने उनको स्वभाव र चेतना सानै उमेरदेखि विकास भएको थियो । उनका पिता पाल्साङ तामाङ पहिले देखि नै राजनीतिमा सक्रिय थिए । लामा राजनीतिक पृष्ठभूमि भएका परिवारमा जन्मेका कारण पनि उनमा सानैदेखि राजनितिक चेतना रहेको थियो ।

पिता राजनीतिमा सक्रिय रहेकै कारण लामालाई बाल्यकालदेखि नै अध्ययनका लागि काठमाडौंमा लगेका थिए । उनी काठमाडौंमा हुर्के । निकै सालिन धेरै नबोल्ने लामाले काठमाडौंको कमल नेत्र स्कुलबाट प्रावि तह र एसएलसी भने कमल आदर्शबाट गरेका थिए । क्याम्पस लेवलको अध्ययनको लागि लामा गौशलास्थीत पशुपति क्याम्पसमा पढ्न भर्ना भए । सोहि क्रममा राजनीतिमा आकर्षित भएको नेता लामा बताउँछन् । जब पशुपति क्याम्पस भर्ना भए त्यसपछि राजनीतिमा लाग्न अझ प्रेरित भैयो । अन्याय अत्याचारका विरुद्ध बोल्ने र देशको नीति निमार्णमा राजनीतिज्ञ कै भूमिका हुने भएपछि देश बनाउनु पर्छ भन्ने मलाई हुटहुटी जाग्यो । त्यसपछि राजनीतिमा अझ सक्रिय भएर लाग्न थालेको लामा बताउँछन् ।

लामाको बाबु र आमा दुवैको इच्छा छोरो डाक्टर, इन्जिनियर र पाइलट बनोस् भन्ने थियो तर काठमाडौंमा अध्ययनको शिलशिलामा उनी राजनीतिसँग जोडिन पुगे । नेपाली कांग्रेस दुई भागमा विभाजित हुँदा उनी शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेसतिर ढल्के । स्ववियु चुनाव आएपछि विद्यार्थी संगठनबीच ‘झै झगडा’ हुन्थ्यो । कलेजहरुमा विद्यार्थी संगठनबीच बेला बेलामा झै–झगडा हुनु सामान्य जस्तै थियो । त्यस समयमा शुरुवात त्यसबेला त्रिचन्द्र क्याम्पसबाट भयो ५७÷५८ मा । त्यसबेला पार्टीका साथीहरुलाई सहयोग गर्न उनी त्रिचन्द्र क्याम्पस पुगेका थिए । त्यहाँ परिस्थीति अर्कै बनेको थियो । कांग्रेस संस्थापन पक्ष र एमाले निकट अखिलबीच गठबन्धन भएको थियो ।

तर त्यहाँ प्रजातान्त्रिक विद्यार्थी संगठन बलियो थियो । त्यसबेला उनीहरुले लामा पक्षमाथि आक्रमण गरे । उनी चाहन्थे विचार बोकेको आधारमा कसैमाथि आक्रमण नहोस् । तर, परिस्थिति त्यस्तो भएन । प्रजातान्त्रिक कांग्रेस भएकै कारण साथीहरु कुटिएको देखेर उनले साथीहरुलाई सहयोग गरे ।

विविध कारणले उनको पढाइ अगाडी बढ्न सकेन । करिब एक वर्ष उनले काठमाडौंको सोल्टी होटलमा सुपरभाइजरमा जागिर खाए । देश बनाउँने अठोट बोकेका, नीति निर्माण तअमा बसेर देश र जनताको सेवा गर्ने उदेश्य लिएका, विभेदमा परेकालाई हक दिलाउने, राजनीतिमा लागेर अरुलाई सहयोग गर्दै अन्याय अत्याचार विरुद्ध बोल्दै हिड्नु पर्ने लामा होटलको जागिर भन्दा आफ्नै व्यावसाय सुरु गर्ने मनस्थीति पछि आफ्नो पुर्खौली सम्पत्ति लगानी गरेर व्यावसायमा हात हाले । व्यवसायसँगै राजनीति र समाजसेवा अगाल्ने योजना अनुरुप अगाडी बढे ।

सुरुमा ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याए लामाले । व्यवसायले उचाई लिइरहेका बेला लामाको खुट्टा तान्ने समूह देखा पर्न थाल्यो । व्यापारबाटै परिवार धानीरहेका उनलाई विभिन्न तवरबाट धम्की आउने, दबाउन खोज्ने लगायतका काम हुन थालेछि उनी प्रतिकारमा उत्रन बाध्य भए । लामाको व्यवसायीक सफलताबाट झस्किएकाले उनलाई विभिन्न बहाना बनाएर फसाउने जालो बुनेर केही झूठा मुद्दा लगाएर उनीमाथि षड्यन्त्र सुरु भयो ।

लामाको जीवनमा अनेकौं बाधा व्यवधान आएपनि उनी किन्चीत विचलित नभई आफ्नो कर्म र यात्रालाई जारी राखे । रेष्टुरेन्ट व्यवसायसँगै क्रसर सञ्चालनमा समेत हात हालेका लामाको व्यवसाय राम्रो हुँदै जाँदा अनेकौं बाहना बनाएर षड्यन्त्र पूर्वक उनीमाथी झुठ्ठा मुद्धा लगाईयो तर ति प्रमाण सावित नहुँदा उनी प्रहरी चौकीबाट पटकपटक रिहा हुन्थे । अनेकौ नाम डन गुण्डा यावत नामको उपमा उनलाई भिराईयो । तर युवा नेता लामा अलिकति पनि विचलित नभई आफ्नो यात्रामा निरन्तर लागे । भन्छन् गल्ती नगरेको कुरा कसै गरेपनि लाग्दैन् , मैले इमान्दारी पूर्वक व्यापार व्यवसायमा लगानी गरे । व्यवसायले राम्रै दिएको थियो । मेरै प्रगती देख्न नसकेर केही गिरोह नै मलाई कसरी केमा फसाउन सकिन्छ भन्दै जाल बुनेर बसे । विभिन्न झुठ्ठा मुद्धा लगाए प्रहरीले विभिन्न बहानामा पक्राउ गरे तर प्रमाण नभेटिएपछि रिहा गर्ने काम म माथी पटकपटक भयो । मैले यो डन गुण्डाको परिभाषा के हो भन्ने थाहाँ छैन् । विभिन्न मिडियाले तिनै बिचौलिया र मलाई फसाउन चाहनेको बोली बोल्दा भाषा लेख्दा दुःख लाग्छ ।

नेता लामाले शिक्षाको क्षेत्रमा अनेकौलाई सहयोग गरेका छन् । उनकै सहयोगले धेरै मान्छेले शिक्षाको उज्यालो ज्योति पाएका छन् । लामाले कमाएको पैसाले विभिन्न विद्यालयका विद्यार्थीले शिक्षाको ज्योती पाएका छन् तर यी यावत कुरा उनी प्रचार र देखाउनका लागि गरेनन् । मात्र केवल स्वच्छ सहयोगी भावना अनुरुप गरे । उनी प्रचार प्रसार भन्दा पनि कसरी विद्यार्थीले आफ्नो भविष्य बनाउँन सक्छन् कसरी सहयोग गर्दा प्रभावकारी हुन्छ त्यस अनुरुप गरे । गणेश लामाले अपराधको दुनियाबाट पैसा कमायो भन्छन् तर, मैले के अपराध गरेँ ? के मैले ड्रग्स बेचेको छु ? सुन तस्करी गरेको छुँ ? उनी भन्छन् मैले काम गरेर पैसा कमाइरहेको छु । काम गरेर पैसा कामउन पनि नपाउने ? बेसहाराहरुको सहारा पनि बन्न नपाउने ? उनी प्रश्न गर्छन् ।

उनले अगाडी भनें- ‘मेरो रेष्टुरेन्ट व्यावसाय, क्रसर उद्योग, निर्माण कम्पनीहरु जहाँ सयौँ युवाहरु रोजगारीमा छन् । के वेरोजगार यूवाहरुलाई रोजगारी दिनु मेरो अपराध हो ? ‘म अपराधमा हिँजो पनि थिइनँ । आज पनि छैन र भोली पनि हुने छैन । म यस्तो स्वभावको मान्छे हुँ । म सेन्समा काम गर्ने मान्छे हुँ । युवा नेता लामाले भने म निष्ठा र इमानदारीपूर्वक व्यापार र राजनीति गर्दै आएको युवा हुँ । मेरो पनि दिमाग छ । खट्न सक्छु । मैले समाज प्रति योगदान गरेको छु । मैले यसरी नै अघि बढ्दा केही मान्छेहरु म देखि अत्तालिएको हुनसक्छ ।’

कसैको चरित्र हत्या गरेर आफ्नो व्यावसाय अघि बढाउँदा यसले राम्रो हुन्छ र ?’ उनी भन्छन् । संसारमा सम्पूर्णले भरिपूर्ण र कमजोरी नभएका मान्छे हुँदैनन् । गौतम बुद्धको पनि कुरा काट्नेहरु थिए । राम भगवानको पनि कुरा काट्नेहरु छन् । बिन लादेनलाई विश्वले अपराधी मानिरहँदा एक थरी जमातले आफ्नो मुक्तिको लागि लड्ने योद्धा मानिरहेको थियो ।

काभ्रे जिल्लामा लामाले गरेको समाजसेवाको प्रभाव देख्न सकिन्छ । चाहे भूकम्पको बेला होस् या त्योभन्दा अघिको समय उनले काभ्रेलीहरुलाई हर पीडाको घडीमा निकै सहयोग गरेका छन् ।

नेता लामाले कांग्रेस महाधिवेशन प्रतिनिधिले आफूलाई पत्याएर केही गर्न सक्छ केही गर्ने मान्छे हो भनेरै निर्वाचनमा जिताउने प्रति कृतज्ञाता प्रकट गरे । उनले आगामी दिनमा नेपाली कांग्रेसलाई अझ ताजकिकरण गर्दै लैजानमा आफू कटिबद्ध भएर लाग्ने बताउँछन् । उनले भने पार्टीले खटाएको ठाउँमा म जहाँ पनि जान्छु । नेपाली कांग्रेसलाई नयाँ ढंगबाट नयाँ तवरबाट जनताको मन जित्ने हिसाबले काम गर्न म हिजो पनि राजनीतिमा थिएँ । आज पनि छु, भोली पनि मेरो कर्म सदा जनताको दुख पीडामा मलम लगाएर अगाडी बढ्ने नै हुन्छ । कांग्रेस लोकतान्त्रिक पार्टी भएको भन्दै महाधिवेशनमा हुने हार र जितलाई खुशि र दुखिको रुपमा नलिई अगाडी बड्नु पर्ने बताउँछन् ।

युवा नेता लामा परिवर्तनको बाहक राजनीतिक शक्ति कांग्रेस नै भएको बताउँछन् । उनी भन्छन् २००३ सालदेखि आजसम्म ठूला ठूला परिवर्तनमा नेपाली कांग्रेस नै लिडर भएर अगाडी बढेको छ । यूवाहरुको लोकप्रिय पार्टी कांग्रेसले नै देशमा शुसासन शान्ति अमनचैन कायम गर्न पटकपटक देशमा चर्किएका द्धन्द्ध व्यवस्थापन गर्ने, माओवादीलाई शान्ती प्रकृयामा ल्याउने, ०३६,०४६,०६२÷०६३ को जनआन्दोलनमा नेतृत्व कांग्रेस नै गरेको छ’ उनले भने ‘आगामी दिनमा कांग्रेसलाई अझ सुदृढ बनाउँदै लैजानेमा नयाँ नेतृत्व र यूवाहरुको अझ अहम भूमिका रहनेछ।

१४ औं महाधिवेशनले हामी धेरै यूवाहरुलाई नेतृत्वमा ल्याएको छ । आम कांग्रेस जन र आम नेपालीहरुलाई यो टिमले निरासा पार्ने छैन् । सबैले खोजेको जस्तो कांग्रेस पार्टी बन्नेछ । जनताका काममा हामी १८ घण्टा खट्न तयार छौं । पूराना अग्रज नेताहरुलाई सम्मान गर्दै यूवाहरुले देश हाक्नुपर्छ भन्ने सन्दशे पनि यो महाधिवेशनले दिएको छ । नयाँ नेतृत्वले पूराना र नयाँ नेताहरुको कम्बीनेशन अनुरुप कांग्रेसलाई नयाँ उचाईमा पुराने सकल्पका साथ हामी अगाडी बढ्ने छौं । कांग्रेसलाई आगामी विर्नाचनमा देशको पहिलो पार्टी बनाउने योजना विचार कार्यदिशा अगालेर हामी अगाडी बड्ने प्रण गरेका छौं ।

नेता लामा २०७० को संविधानसभाको निर्वाचन र २०७४ को प्रदेश सभाको निर्वाचनमा पराजित हुनु पुगेका थिए । तर निर्वाचनमा पराजित भएपनि आफ्नो निर्वाचन क्षेत्रमा भने निरन्तर जनताको सेवा र विकासका काममा खटिरहेका छन् । उनी राजनीतिमा सहकार्य र एकताले नै पार्टी संगठन बलियो हुने र एकताबद्ध नेता, कार्यकर्ताले जनताको हितमा धेरै काम गर्न सक्ने बताउँछन् । त्यसैले समाज र राजनीतिक काममा सबैसँग मिलेर अगाडी बढ्न आफू हरदम तयार रहेको बताउँछन् ।

उनले राजनीतिले देश र जनताको सेवा तथा सामाजिक विकास हुन सक्दैन भनें त्यस्तो राजनीति कसैले पनि गर्न नहुने बताए । उनले सबैको हित र सर्बत्र विकासको लागि एकता र सहकार्यका साथ अगाडी बढ्न समेत आग्रह गरेका छन् । उनले सहकार्य र एकताको लागि आफू सँधैं एक कदम अगाडी बढेर कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।