आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा नेम्वाङ,सचिवमा उप्रेती विजयी

गोकर्णेश्वर खबर८ पुष २०७८, बिहीबार ०६:५३ मा प्रकाशित (२ साल अघि) १७३ पाठक संख्या

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।नेम्वाङले १६९ मत पाएका थिए । मेन्याङ्बोले ६४ मत पाए ।

तीनजना उपाध्यक्षमा देवान चाम्लिङ (१२०), शिवकुमार डाँगी (११३) र मणिकुमार साम्पाङ (१११) विजयी भएका छन् ।

एक जना सचिवमा गणेश उप्रेती (सुशील) विजयी भए । उनले १४८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए ।

३ जना सहसचिवमा कुमारी राई (११४), ऋषिराम ढुंगाना (९५) र सागर किराँती (७३) विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन् ।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । मतदानमा १९ जना अनुपस्थित भए ।

माओवादी केन्द्र प्रदेश १ को प्रथम अधिवेशनले पदाधिकारीको टुङ्गो लगाउन नसकेपछि सदस्य घोषणा मात्रै गरेको थियो । सहमतिको प्रयास असफल भएपछि बुधबार बेलुका निर्वाचन गरेको हो ।