आज: १ जेष्ठ २०८२, बुधबार | Wed, 14, May, 2025

एमालेको संसद अवरोध मूर्खतापूर्ण : झलनाथ खनाल

गोकर्णेश्वर खबर७ पुष २०७८, बुधबार १९:३३ मा प्रकाशित (३ साल अघि) १५३ पाठक संख्या

७ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोध गरेर  राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको आरोप लगाएका छन् ।

‘यो एउटा अराजकतावादी कुरा हो । जोसँग तर्कहरु सिद्धिन्छन्, शक्ति सिद्धिन्छ । बौद्धिकता सिद्धिन्छ । मर्यादा सिद्धिन्छ । सवैधानिकता सिद्धिन्छ । त्यस्ता मानिसहरु बल प्रयोगमा लाग्छन् । मुर्खतापूर्ण बल प्रयोग । यो मुर्खतापूर्ण बल प्रयोगभन्दा बढ्ता केही पनि होइन ।

संसद जनताको आवाज उठाउने र राष्ट्रका नीति, कार्यक्रम, ऐन, कानून बनाउने थलो भएको भन्दै एकीकृत समाजवादीका वरिष्ठ नेतासमेत रहेका खनालले प्रश्न गरे, ‘यो थलोलाई नै बन्द गरेपछि, बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ?’

आफ्ना १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले गत भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । तर सभामुख अग्निप्रसाद सापकोटाले अवरोधकै बीच संसद सञ्चालन गरिरहेका छन् ।