आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

प्रधान्यायाधीश जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित

गोकर्णेश्वर खबर७ पुष २०७८, बुधबार १३:२६ मा प्रकाशित (२ साल अघि) ३७५ पाठक संख्या

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।

न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर भएको कारण बैठक स्थगित भएको जानकारी गराएका छन् ।

न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा–बढुवा लगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीश जबराले बुधबार दिउँसो ३ बजे बैठक राखेका थिए ।

प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय सेवा आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन् ।