FLASH NEWS
आज: ९ माघ २०७८, आईतवार | Sun, 23, Jan, 2022 Gokarneshwor TV HD

हट पोजमा वर्षाको चुम्बन कसलाई ?

गोकर्णेश्वर खबर६ पुष २०७८, मंगलवार ०८:३४ मा प्रकाशित (१ महिना अघि) १९ पाठक संख्या

काठमाडौं । सामाजिक सञ्जालमा कलाकारहरु आफ्ना दैनिक क्रियाकलापको तस्वीर पोस्ट गर्छन् । अझ कलाकारले कहिलेकाही सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्वीर फ्यानहरुमाझ चर्चाको विषय समेत बनिदिन्छ । नायिका वर्षा सिवाकोटी प्रेममा परेदेखि नै उनको सामाजिक सञ्जालका तस्वीर र स्टाटसहरुमा मायाको आशक्ति प्रकट हुने गरेको छ ।

वर्षा सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेर गसिप बजारमा रमाउन पनि चाहन्छिन् । किनकि, कुनै समय आफूलाई चर्चाबाट टाढा राख्ने गरेकी यी सुन्दरी केही वर्षयता भने गसिपमा रमाउन थालेकी छन् । कलाकार राज कटुवालसँग प्रेममा रहेपछि भने वर्षाले पोस्ट गर्ने तस्वीर तथा स्टाटस बोल्ड र मायाले भरिएका हुन थालेका छन् ।

उनले म्युजिक भिडियो छायांकनका क्रममा पोस्ट गरेको दुईवटा तस्वीरमा ‘सबैलाई मेरोे माया र चुम्बन’ भन्दै निक्कै हट तस्वीर पोस्ट गरेकी छन् । वर्षाले हिजोआज गसिपमा कसरी रमाउन सकिन्छ भन्ने राम्रैसँग थाहा पाएको उनका तस्वीरबाट पनि प्रष्ट हुन्छ ।