आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

मिस तामाङ २०२२ को अडिसन शुरु

गोकर्णेश्वर खबर३ पुष २०७८, शनिबार २०:२४ मा प्रकाशित (२ साल अघि) ४३४ पाठक संख्या

३ पुष, काठमाडौं । ‘मिस तामाङ २०२२’को अडिसन शुरु भएको छ । तामाङ कला संस्कृति भेषभुषा भाषा संस्कृतिलाई संरक्षण प्रवद्धर्न गर्ने उदेश्यका साथ सञ्चालन हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘मिस तामाङ २०२२’ यस वर्ष मम्स इन्टरनेशनल नेपालको आयोजनामा हुन लागेको हो ।

अडिसन आज काठमाडौं दरवारमार्ग स्थित लिक्वर लाउञ्जमा भएको थियो । अडिसमा २७ जना तामाङ युवतीहरुले भाग लिएका थिए । अडिसनका जजहरु मिस तामाङ २०१२ सुमि मोक्तान, मिस तामाङ २०२१ सफलता थिङ र मिस तामाङ २०१७ का फस्ट रनर अप नावाङ मोक्तान रहेका थिए ।

आज अडिसन दिनेहरुमा दावा डोल्मा तामाङ धादिङ, मनिका लामा दोलखा, सञ्जु दोङ तामाङ काभ्रे, वर्षा मम्बा तामाङ नुवाकोट, सिमरन तामाङ काभ्रे, सनिता तामाङ दोलखा, अञ्जना रुम्बा मकवानपुर, अञ्जली तामाङ सिन्धुपाल्चोक, दिजी तामाङ लामा काभ्रे, पूजा तामाङ सिन्धुपाल्चोक, सुशिला तामाङ नुवाकोट, रुपा तामाङ धादिङ, विना तामाङ काठमाडौं, संगीता स्याङतान काभ्रे, निम्फुटी तामाङ सोलुखुम्बु, पूजा तामाङ काभ्रे, होइशल तामाङ सर्लाही, रञ्जना तामाङ काठमाडौं, प्रज्ञा तामाङ काभ्रे, अञ्जली बम्जन सामाखुसी, सबिना गोले दोलखा, शान्ता लामा योञ्जन रामेछाप, श्रीजना तामाङ ओखलढुंगा, प्रकृती पाख्रिन दोलखा, रोजी तामाङ काठमाडौं, उपासना तामाङ धरान, प्रश्ना तामाङ मकवानपुर रहेका छन् ।

२००६ बाट शुरु भएको मिस तामाङको यस वर्ष हुनगईरहेको १४ औं संस्करण माघ २२ गते काठमाडौं प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने मम्स इन्टरनेशनल नेपालका सीईओ रञ्जिता ब्लोन लामाले बताईन् ।

तामाङ चेलीहरुको प्रतिभा उजागर गर्ने उदेश्यका साथ आयोजना भईरहेको प्रतियोगीताको मुख्य प्रायोजक एमडी ग्रुप रहेको छ । एमडी ग्रुपले ट्राभल तथा टुरिजम, रेष्टुरेण्ट, रियल स्टेट लगायतका क्षेत्रमा व्यवसाय गर्दै आईरहेको छ ।