आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना: एक बालकको मृत्यु, ५ जना घाइते

गोकर्णेश्वर खबर३ पुष २०७८, शनिबार ०८:४६ मा प्रकाशित (२ साल अघि) ३८२ पाठक संख्या

धनगढी । भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी०३३०पी१३७५ नम्बरो बस पलियामा दुर्घटना भएको हो ।

दुर्घटनमा चार वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परेर अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापाको मृत्यु भएको हो । अन्य पाँच जना घाइते छन् ।

घाइतेहरूको भारतमै उपचार भइरहेको छ भने मृतकको शव पनि भारतमै छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।