आज: १ जेष्ठ २०८२, बुधबार | Wed, 14, May, 2025

दोस्रो चरणको चुनावमा देउवालाई विमलेन्द्र निधि र विश्वप्रकाश शर्माको पनि समर्थन

गोकर्णेश्वर खबर२८ मंसिर २०७८, मंगलवार १२:२५ मा प्रकाशित (३ साल अघि) २२६ पाठक संख्या

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा विमलेन्द्र निधि र विश्वप्रकाश शर्माले पनि शेरबहादुर देउवालाई नै सहयोग गर्ने भएका छन्।

साेमबार भएकाे पहिलाे चुनावमा ५१ प्रतिशत मत ल्याउन नसकेर विजयी हुन नसकेपछि देउवा दाेस्राे चरणमा सहयाेग जुटाउने प्रयास गर्दै पहिलो चरणका उम्मेदवारहरलाई भेटिरहेका छन् ।

भेटघाटको क्रममा निधिले देउवालाई नै सहयोग गर्ने बताएको निधिको सचिवालयले जानकारी दिएको छ। यसअघि पहिलो चरणका अर्का प्रत्याशी प्रकाशमान सिंहले पनि आफ्नो समूहको सहयोग देउवालाई हुने बताइसकेका छन्।