आज: २९ बैशाख २०८२, सोमबार | Mon, 12, May, 2025

कांग्रेस महाधिवेशन: राति साढे ८ बजेसम्ममा ३६ सय मत खस्यो,१० बजेसम्म मतदान हुने

गोकर्णेश्वर खबर२७ मंसिर २०७८, सोमबार २०:५८ मा प्रकाशित (३ साल अघि) ३८६ पाठक संख्या

काठमाडौं ।कांग्रेस महाधिवेशनमा सोमबार राति साढे ८ बजेसम्ममा ३६ सय मत खसेको छ।

बिहान ११ बजेदेखि सुरू भएको मतदान रातिसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिले राति ९ बजेसम्म मतदान हुने सूचना जारी गरेको थियो। तर, अब राति १० बजेसम्म मतदान हुने निर्वाचन समिति सदस्य तेजबहादुर रावलले बताए।

राति १० बजेसम्ममा मतदान सकिने आशा राखिएको उनले बताए। कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ जना मतदाताले सहभागिता जनाउँदैछन्।

महाधिवेशनमा सभापतिका लागि पाँच जनाले प्रतिस्पर्धा गरिरहेका छन्। सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उठेका छन्।