आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

पूर्वराजा ज्ञानेन्द्र र हिमानीको ट्वीटर एकाउन्ट ‘फेक’

गोकर्णेश्वर खबर२३ मंसिर २०७८, बिहीबार २१:५० मा प्रकाशित (२ साल अघि) ५८६ पाठक संख्या

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयले पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको फेसबुक, ट्वीटर नभएको बताएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहलेले कुनै पनि प्रकारका (ट्वीटर, फेसबुक) सामाजिक सञ्जाल सञ्चालन नगरेको संवाद सचिवालयले सूचना निकालेर जनाएको छ।

सो सूचनामा निराधार, कपोल्पित भ्रमजालबाट मुक्त रहन आग्रह गर्दै सूचनामा आस्था र मर्यादामा आँच नपुर्याउन अनुरोध समेत गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पूर्वराजाले हस्तक्षेप गरेको कमल थापा पक्षले आरोप लगाएको थियो भने पूर्वराजा र हिमानी शाहको नामबाट जारी भएका स्ट्याटसहरुमा थापाले अध्यक्ष पदमा हारेको विषयलाई ‘सुखद’ भनी टिप्पणी गरिएको छ।

यस्तो छ, संवाद सचिवालयको सूचना