आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

क्रिकेटर सचिन तेन्दुलकरकी छोरी साराको मोडलिङमा डेब्यु

गोकर्णेश्वर खबर२३ मंसिर २०७८, बिहीबार २१:४५ मा प्रकाशित (२ साल अघि) ४०८ पाठक संख्या

काठमाडौं । भारतीय क्रिकेट लेजेण्ड सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकर मोडलिङको दुनियाँमा प्रवेश गरेकी छन् ।

२४ वर्षीया साराले एक चर्चित क्लोथिङ ब्राण्डको विज्ञापनमा काम गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साराले सामाजिक सञ्जाल इन्स्टाग्राममा विज्ञापन सुटको तस्वीर र भिडियो सार्वजनिक गर्दै यसको जानकारी दिएकी हुन् ।

सामाजिक सञ्जालमा निक्कै सक्रिय हुने साराका धेरै प्रशंसक र फलोअर्स छन् । मोडलिङ शुरु गरेसँगै साराले फिल्ममा समेत अभिनय गर्न सक्ने अड्कल काटिएको छ ।