आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

‘तक्मे बुढा’ बने दोस्रो सन्तानको पिता

गोकर्णेश्वर खबर२३ मंसिर २०७८, बिहीबार २१:४२ मा प्रकाशित (२ साल अघि) २८९ पाठक संख्या

काठमाडौं । हाँस्य कलाकार विल्सिन विक्रम राई ‘तक्मे बुडा’ दोस्रो सन्तानको पिता बनेका छन्। बिहीबार सामाजिक सञ्जालमा राईले छोरी जन्मिएको जानकारी दिएका हुन्।

विल्सन पत्नी सरिना लामाले बिहिबार छोरीलाई जन्म दिएकी हुन्।

यसअघिनै उनीहरूको एउटा छोरा छ।

उनले आज जन्मिएकी छोरीको नामाकरणसमेत गरेका छन्।

‘आज हाम्रो परिवारको नयाँ सदस्यको शुभ आगमन भयो, मलाई छोरीको बाबु र मेरो जिवनसाथीलाई छोरीको आमा बन्ने सौभाग्य प्राप्त भयो। औधी भाग्यमानी ठानेको छु, मेरो छोरी सभ्यता बि राईलाई स्वागत एवं शुभ आशिर्वाद,’ राईले सामाजिक सञ्जालमा लेखेका छन्।