आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

मासिक १०० अभियानले बुढानिलकण्ठ नगरपालिकाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

गोकर्णेश्वर खबर२२ मंसिर २०७८, बुधबार २१:०० मा प्रकाशित (२ साल अघि) ५९२ पाठक संख्या

काठमाडौं । मासिक १ सय अभियान नेपालले बुढानिलकण्ठ नगरपालिका स्थित बालकुमारी आधारभुत विद्यालयका ५  जना बाल बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुका लागि अभियानले सहयोग गरेको हो ।

अभियानले विद्यालयका कक्षा १ र २ का ५ जना छात्र/छात्राहरुलाइ मासिक शुल्क, विद्यालय पोशाक तथा भर्ना स्वरुप २१ हजार प्रदान गरेको छ ।
छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा अभियानका अध्यक्ष सञ्जय पोखरेलले छात्र/छात्रा हरुलाई कक्षा १० सम्म सहयोग निरन्तर रुपमा दिने घोषणा समेत गरेका छन् । अध्यक्ष पोखरेलले विद्यार्थीहरुले समाजको लागि केही योगदान दिने उदेश्य बोकेर अध्ययन गर्नु पर्नेमा जोड दिंदै उनीहरुको उज्ज्वल भविष्यको समेत कामना गरेका छन् ।