आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

कर्णालीमा देउवा पक्ष र गण्डकीमा पौडेल पक्ष विजयी

गोकर्णेश्वर खबर१९ मंसिर २०७८, आईतवार ०७:३६ मा प्रकाशित (२ साल अघि) १७० पाठक संख्या

काठमाडौँ– नेपाली कांग्रेसको ६ वटा प्रदेश मध्ये तीन वटा प्रदेशको मतगणनाको अन्तिम नतिजा आएको छ । शनिबार सम्पन्न मतदानपछि भएको मतगणनामा पार्टी सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पक्षले एक एक प्रदेशमा जित हात पारेका छन्।

कर्णाली प्रदेशमा देउवा पक्षका सभापति उम्मेदवार ललित जंग शाही विजयी भएका छन् । उनले पौडेल पक्षका उम्मेदवार भुपेन्द्र जंग शाहीमाथि जित हात पारेका हुन् ।

यस्तै गण्डकी प्रदेशमा पौडेल पक्षका शुक्रराज शर्मा विजयी भएका छन् । उनले देउवा पक्षका उम्मेदवार अर्जुन जोशीलाई पराजित गरे ।

शनिबार मतदान भएका लुम्बिनी र सुदूरपश्चिममा मतगणना जारी छ । प्रदेश १ मा भने आइतबार मतगणना सुरु हुँदैछ । प्रदेश २ को अधिवेशन भने भएको छैन ।