आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

राप्रपाको एकता महाधिवेशन, बन्द शत्र शुरु हुँदै

गोकर्णेश्वर खबर१५ मंसिर २०७८, बुधबार १६:५९ मा प्रकाशित (२ साल अघि) २६१ पाठक संख्या

काठमाडौं । दुई राप्रपाको एकतापछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको उद्घाटन शत्र सम्पन्न भई बन्द शत्र शुरु हुन लागेको छ । काठमाडौँको भृकुटीमण्डपमा स्वस्तिक वाचन गरेर राप्रपाको महाधिवेशनको उद्घाटन भएको थियो । आजै साँझ ५ बजेबाट बन्द शत्र शुरु हुने कार्यक्रम राखिएको छ ।

पार्टीको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषण गरिसकेका छन् ।

महाधिवेशनको उद्घाटन शत्रमा राप्रपाका नेताहरुसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झालगायतका नेताहरु सहभागी भएका थिए ।

महाधिवेशनमा राप्रपाका पुराना नेता लोकेन्द्रबहादुर चन्दसमेत सहभागी भएका छन् । तीनदिनसम्म चल्ने महाधिवेशनमा देशभरका ४ हजार बढी प्रतिनिधि सहभागी भइरहेका छन् । महाधिवेशनले राप्रपाको नयाँ नेतृत्वसहितको १४९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ ।

राप्रपाको विधानअनुसार पार्टी नेतृत्वमा एकजना अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री व्यवस्था छ। निर्वाचित अध्यक्षले केही पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन्। त्यस्तै सात सहमहामन्त्री, सातैजना सहायक महामन्त्री, एकएकजना कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता निर्वाचित अध्यक्षले मनोनीत गर्नेछन् ।