आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

गोकर्णेश्वर खबर१५ मंसिर २०७८, बुधबार १६:४१ मा प्रकाशित (२ साल अघि) १८६ पाठक संख्या

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका शाहीले बुधबार विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहभागि नभए पछि उपस्थित २२ जना प्रदेशसभा सदस्य मध्ये उनको पक्षमा २२ मत नै खसेको थियो ।

उनले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाको समर्थनमा विश्वासको मत पाएका हुन् । प्रदेशसभामा माओवादी केन्द्रका १२, काँग्रेसका ६, एकीकृत समाजवादीका २ र राप्रपाका एकजना सांसद छन्।