आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

राजनीतिक दलहरू संस्थागत रूपले चल्न सकेनन् : प्रकाशमान सिंह

गोकर्णेश्वर खबर१५ मंसिर २०७८, बुधबार १५:४९ मा प्रकाशित (२ साल अघि) १३६ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलहरु संस्थागत रुपमा नचलि नेताहरूले राजनीतिलाई कमाईखाने भाँडो खाने बनाउँदा लोकतन्त्र धराशायी बनेको बताएका छन् ।

मंगलबार लोकेश ढकालद्वारा लिखित पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता सिंहले राजनीतिक दलहरू संस्थागत रूपले नचल्दा प्राप्त उपलब्धिहरूलाई जनतासम्म प्रभावकारी रूपले पु¥याउन नसकिएको बताए । ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक विमोचन गर्दै सिंहले कांग्रेस कमजोर भए लोकतान्त्रिक पद्धति नै कमजोर बन्ने बताए ।

कांग्रेस नेता लोकश ढकालको ‘यति ठूलो संघर्षबाट प्राप्त भएको यो डेमोक्रेटिक सिस्टमलाई बचाउनका लागि भएपनि हामीले अहिले कांग्रेसलाई प्रभावकारी नेतृत्व दिनसक्नु पर्छ । जसले कांग्रेसलाई सबल र सक्षम बनाउन सकोस्, पार्टीलाई संस्थागत गर्न सकोस्,’ उनले भने ।

उनले ०४६ सालपछि कांग्रेस सत्ता र शक्तिको लालचमा परेर बिग्रिएको टिप्पणी गरे । त्यसयता पार्टीं र नेतृत्वमा विभिन्न कमीकमजोरीहरू देखा परेका छन् । सिंहले राजनीतिक नेतृत्वले आफ्नो कमजोरीको पहिचान गरेर त्यसलाई सुधार्ने क्षमता राख्र्ने बताए ।

उनले कांग्रेसमा शक्तिकेन्द्रित राजनीतिलाई जोड दिन थालिएको भन्दै असन्तुष्टि व्यक्त गरे। पार्टीभित्र आदर्श र मूल्य–मान्यताको राजनीतिलाई महत्व नदिइएको उनको बुझाइ छ ।